प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता गरेका छन् ।

सुकुम्बासी होल्डिङ सेन्टर डुबान र काठमाडौंमा भएको आत्मदाह घटनापछि सरकारको आलोचना भइरहेका बेला भएको भेटमा करिब चार घण्टा छलफल भएको जनाइएको छ । यसअघि रवि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने गरेका थिए ।

उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा छलफल भएको बताइएको छ ।