अमेरिकी सेनाले इरानमा आक्रमण जारी राख्दै होर्मुजलगायतका बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुन: लागू गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा २० प्रतिशत कर लगाउने आफ्नो योजना फिर्ता लिएको केही घन्टा पछि पुन: आक्रमण भएको थियो भने मध्य पूर्वमा भड्किएको युद्धले विश्वव्यापी ऊर्जाको मूल्यमा उछाल ल्याएको जनाइएको छ ।
तेहरानले प्रमुख तेल ढुवानी कोरिडोर हार्मुजलाई नियन्त्रण गर्ने कुरामा जोड दिएको छ भने जुन गत फेब्रुअरीको अन्त्यमा अमेरिका– इजरायली आक्रमणले द्वन्द्व निम्त्याउनु अघि स्वतन्त्र आवागमनका लागि खुला थियो । इरानको रिभोलुसनरी गाड्र्सले नयाँ अमेरिकी नाकाबन्दीले अमेरिकाका आर्थिक प्रतिद्वन्द्वीहरू सहित विश्वमा तेल तथा ग्याँसको निर्यातमा कटौती गर्दै अमेरिका र सहयोगीहरूको अन्य सेवा मार्गहरू पनि बन्द हुन सक्ने चेतावनी दिएको छ । यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात सहज भए सबैका लागि उपलब्ध हुने तर युद्ध भड्किए कसैका लागि पनि उपलब्ध नहुने जनाइएको छ ।
इरानी उपविदेशमन्त्री काजेम गरिबाबादीले गत महिना शत्रुता रोक्न र शान्ति वार्तालाई अगाडि बढाउनका लागि भएको अन्तरिम सम्झौतालाई उल्लेख गर्दै नाकाबन्दी पुन स् स्र्थापना गर्ने अमेरिकी निर्णयले इस्लामाबाद सम्झौतालार्ई ध्वस्त पारेको बताएको छ । पाँचौँ दिनमा प्रवेश गरेको लगातारको झडपमा, युएस सेन्ट्रल कमान्ड (सेन्टकम)ले “व्यापारिक जहाज र नागरिक कर्मचारीहरूलाई धम्की दिने इरानको क्षमतालाई कम गर्न“ देशको तटमा रहेको जलमार्ग र अन्य दर्जनौँ इरानी सैन्य लक्ष्यहरू प्रहार गरेको बताएको छ ।
इरानी मिडियाले बन्दरगाह सहर बन्दर अब्बास नजिकै, केशम टापु र बन्दर इमाम खोमेनीमा विस्फोट भएको रिपोर्ट गरेका छन् । आक्रमणको लगत्तै पछि बहराइनमा साइरन बजेर कुवेत र जोर्डनले इरानबाट फायर गरिएका ड्रोन तथा मिसाइलहरू रोकेको रिपोर्ट गरिएको छ । आईआरएनए समाचार एजेन्सीले इरानी सेनाले जोर्डनको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको रिपोर्ट गरेको छ जहाँ अमेरिकी लडाकु विमानहरू राखिएको छ । यदि तेहरान वार्ताको टेबलमा फर्किएन भने ट्रम्पले अर्को हप्ता पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिएको फक्स न्यूजले जनाएको छ ।
लडाकुहरूको जवाफी कारबाही जारी रहनेछ, र संयुक्त राज्य अमेरिकाले आफ्नो आक्रमणको कार्यहरू अन्त्य नगरे सम्म स्ट्रेट अफ होर्मुज बन्द रहने गार्डहरूले विज्ञप्ति जारी गर्दै जनाएका छन् । सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले गत हप्तामा इरानले सात वटा व्यावसायिक जहाजहरूमा आक्रमण गरेर जानाजानी यस क्षेत्रका नागरिकहरूलाई लक्षित गरेको छ जसको परिणामस्वरूप लगभग एक दर्जन नागरिक चालक दलका सदस्यहरू मारिएको बताएको छ ।
अमेरिकी सेनाले निर्दोष जनताहरुको जीवनलाई खतरामा पार्ने अनावश्यक आक्रमणका लागि इरानलाई जवाफदेही बनाउन खोजिरहेको उनले बताएको छ । मङ्गलबार ओमानको तटमा अज्ञात उपकरणले गर्दा भएको विस्फोटले नर्वेको ट्याङ्करमा ठोक्किएको संकट प्रतिक्रिया कम्पनी एमटिआई नेटवर्कले जनाएको छ ।
यसै गरी कुवेतले इरानी क्षेप्यास्त्र र ड्रोन ब्यारेजको क्रममा यसको एउटा नौसेना जहाजमा प्रहार भएको र चालक दलका चार सदस्य घाइते भएको बताएको छ । यसै बिच ट्रम्पले सोमबार घोषणा गरेको होर्मुजको जलमार्गबाट जाने जहाजहरूमा लगाइएको योजनाबद्ध शुल्कलाई खाडीका सहयोगीहरूसँग व्यापार सम्झौताको साथ प्रतिस्थापन गर्दै आफूले खारेज गरिरहेको बताएको छ ।
इरानी मिडिया र आधिकारिक घोषणाहरूलाई यदृत गर्दै एएफपीले गत हप्ता देखि इरानमा नयाँ अमेरिकी आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको जनाएको छ । इरानको आणविक महत्वाकाक्षाका कट्टर विरोधी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मङ्गलबार इरानी नेताहरूलाई चेतावनी दिदै यदि उनीहरूले आफ्नो देशमा आक्रमण गरे भने इजरायलले ठुलो प्रहार गर्ने बताएको छ ।


















