लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ । गएराति कोसी ब्यारेजमा बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेपछि ५६ मध्ये २१ वटा ढोका खोलिएको छ।
कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था गरिएको छ।
पूर्वी नेपालमा वर्षा जारी रहेकाले नदीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ।


















