अमेरिकाद्वारा होर्मुजमा तेल ट्यांकर निष्क्रिय

अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानी बन्दरगाहतर्फ जान खोजिरहेको एक तेल ट्यांकरलाई हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको जनाएको छ ।
अमेरिकी सेनाले इरानविरुद्ध अर्को चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ । क्युश्म टापु, बन्दर अब्बास र चाबाहार क्षेत्रमा विस्फोट भएका छन् । इरानले पनि खाडी क्षेत्रमा प्रतिशोधात्मक आक्रमण सुरु गरेको दाबी गरिएको छ । त्यसका कारण बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ ।

कुवेतले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरूलाई हवाई रक्षा प्रणालीमार्फत बीचैमा खसालिएको जनाएको छ ।

पश्चिमी सहर खोरमाबादका बासिन्दाले कम्तीमा दुईवटा विस्फोटको आवाज सुनेका छन् । खोरमाबाद राजधानी तेहरानबाट करिब ४९० किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।