ब्राजिलका लिजेन्ड फुटबल खेलाडी पेलेले आफ्नो खेल जीवनको ऐतिहासिक क्षणमा लगाएको जर्सी ४९ लाख अमेरिकी डलर (करिब ६७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ ।
पेलेले सन् १९५८ को विश्वकप फाइनल खेलमा लगाएको उक्त १० नम्बरको जर्सीलाई विश्वप्रसिद्ध लिलामी गृह सोथबिजले बिहीबार न्यूयोर्कमा लिलामी गरेको हो ।
जुन जर्सी ४९ लाख अमेरिकी डलरमा लिलाम भएको छ । यो फुटबल इतिहासमै लिलामी प्रक्रियामार्फत बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ । सन् २०२२ मा ८२ वर्षको उमेरमा उनको निधन भएको थियो ।


















