दक्षिण कोरियामा काम गर्न जानेहरूका लागि नेपाल सरकारले कोरियन भाषा परीक्षाको आवेदन खुलाएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले सूचना जारी गर्दै आगामी २७ जुलाईदेखि २ अगस्ट (११ देखि १७ साउन) सम्म अनलाइनमार्फत आवेदन दिन सकिने जनाएको छ ।
आवेदन सङ्कलन प्रक्रिया सम्पन्न भएपछि परीक्षाको मिति र तालिका सार्वजनिक हुनेछ । यसपटक कुल ७ हजार २ सय कोटाका लागि कोरियन भाषा परीक्षा लिइने भएको छ ।
जसमध्ये उत्पादनमुलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार र सेवा र वन क्षेत्रमा १००–१०० जना माग गरिएको छ ।


















