सिरहाको गोलबजार नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यू आदेश

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा बिहीबार दिउँसोदेखि कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जारी गरेको सूचनामा छ ।

प्रशासनले जारी गरेको सूचना अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार नगरपालिका-६ को सैनिक चोकदेखि दक्षित तर्फ गोलबजार नगरपालिका-४ को राप्रराप्र बहुमुखी क्याम्पस क्षेत्रमा कर्फ्यू लगाएको हो ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आद्ददोलन वा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएको भन्दै जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाएको जनाएको छ ।