प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा जुटेका छन् । सोमबार अपराह्न उनीहरू ललितपुरमा छलफल गरिरहेका हुन् । छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन् ।
छलफलका विषयहरू खुलाइएका छैनन् । यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको जानकारी प्रलोपाका संरक्षक जनार्दन शर्माले दिए । ‘हामी छलफलकै चरणमा छौं । केही निचोड आएपछि जानकारी गराउँछौं, ’ संक्षिप्त कुराकानीमा शर्माले भने । जसपा नेपालका अध्यक्ष यादवले पनि छलफलमा रहेको बताए । यद्यपि निष्कर्ष केही नआएको र निचोडबारे पछि जानकारी गराइने उनले बताए ।


















