कांग्रेस नेता अभिषेक गिरी थुनामा पुगेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो । तर, गिरीले धरौटीबापतको पाँच लाख रुपैयाँ बुझाउन नसकेपछि थुनामा पुगेका हुन् ।
विराटनगर महानगरपालिका–८, मधुमाराका ४८ वर्षीय अभिषेकविरुद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले विभिन्न प्रभावका आधारमा ठेक्का पारिदिने भन्दै रकम असुल गरेको आरोपमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गिरीलाई गएको असार २३ गते मोरङबाट पक्राउ गरेको थियो ।
















