आफ्नो भूमिमा अमेरिकी सेना प्रवेश गरे खुट्टा काटिदिने इरानी सेनाको चेतावनी

इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी दिएको छ।इरानी सेनाका स्थल सेना कमाण्डर ब्रिगेडियर जनरल अली जहाँशाहीले आइतबार कुनै पनि विदेशी सेनाले इरानको भूमिमा पाइला राखेमा तत्काल र कडा जबाफ दिइने बताएका छन्।उनले कुनै पनि अमेरिकी सैन्यकर्मी इरान छिरेमा उसलाई रोकिने स्पष्ट पारेका हुन्।

‘शत्रुको कारबाहीको प्रभावकारी जबाफ दिनेछौँ’उलने भने, ‘यदि कुनै अमेरिकी सैन्यकर्मीले इरानमा पाइला राख्छ भने, हामी उसको खुट्टा काटिदिनेछौँ’उनले इरान शत्रुको जुनसुकै कदमको दृढ र रोकथामयुक्त जबाफ दिन पूर्ण रूपमा तयार रहेको बताए।