भारतले नेपाल पठायो दोस्रो लटमा साढे ३७ टन राहत सामग्री

भारतबाट दोस्रो हवाई उडानमार्फत ३७।५ टन राहत सहायता सामग्री काठमाडौं आइपुगेको छ । भारतीय वायुसेनाको सी–१७ ग्लोबमास्टर–३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

उक्त उडानमार्फत मानवीय सहायता तथा विपद् राहत सामग्री, औषधि र खाद्यान्नका प्याकेट ल्याइएको छ। भारतबाट पहिलो राहत उडान बुधबार काठमाडौं आएको थियो।