चार संसदीय समितिको बैठक बस्दै

आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्दान्तिक छलफल,उक्त विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउनुहुने संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान १० बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान सवा ११ बजे बस्दैछ ।

नेपालमा-स्वदेशी र बैदेशिक एवं निजी र सार्वजनिक)लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिक स्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानूनमा गर्नुपर्ने सुधार सम्बन्धी छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ ।