जर्मनीको पश्चिमी क्षेत्रमा रहेको अमेरिकी स्पाङडाहलेम हवाई अड्डामा अमेरिकी वायुसेनाको एफ–१६ लडाकु विमान दुर्घटनामा परेको छ । मंगलबार भएको दुर्घटनामा विमानका पाइलटले सुरक्षित रूपमा बाहिर निस्केका थिए। उनलाई उपचारका लागि लगिएको अमेरिकी सेनाले जनाएको छ।
दुर्घटनाको कारण भने खुलेको छैन । अमेरिकी सेनाका अनुसार विमान नियमित प्रशिक्षण उडान सकेर स्पाङडाहलेम हवाई अड्डातर्फ फर्किरहेको थियो।
उक्त प्रशिक्षणमा चारवटा एफ–१६ सहभागी थिए । दुर्घटनापछि बाँकी तीनवटा विमानलाई जर्मनीकै रामस्टाइन हवाई अड्डातर्फ डाइभर्ट गरिएको थियो।


















