नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवापक्षले अलग्गै महाधिवेशन गर्नका लागि ५५ जिल्लामा संयोजक तोकेको छ । देउवा समूहले १५औँ महाधिवेशन तयारी समितिका आयोजक पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जिल्लाका संयोजक तोकेका हुन् ।
आगामी २१–२३ मंसिरमा हुने महाधिवेशनको तयारीका लागि जिल्ला संयोजक तोकिएको कांग्रेस नेता एनपी साउदले जानकारी दिए । देउवा समूहले मधेश प्रदेशमा भने कुनै जिल्लामा पनि संयोजक तोकिसकेको छैन ।
























