नवलपरासीको सुनवल कांग्रेस अधिवेशन : पूर्वमन्त्री कँडेलले कागजपत्र च्याते, मतदान स्थगित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनुअघि विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ।

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदानको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नामावलीको कागज च्यातेको निर्वाचन समितिले जनाएको छ।

कँडेलले ‘यो चुनाव हुँदैन’ भन्दै माइक खोसेर फालेपछि विवाद बढेको थियो। शान्ति–सुरक्षाको अवस्था बिग्रन सक्ने भन्दै निर्वाचन समितिले मतदान स्थगित गरेको हो।