दशैँ मनाएर काठमाण्डौ फर्किनेहरुको चाप बढ्यो, आजदेखि सरकारी कार्यालयहरु खुला

दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू बिदा सकिएसँगै काठमाडौं उपत्यका फर्किने क्रम बढेको छ । यात्रुको चाप बढेसँगै सडक, सार्वजनिक यातायात र बसपार्कमा चहलपहल बढेको छ । रोजगारी, अध्ययन तथा व्यवसायका लागि उपत्यकामा बस्दै आएका नागरिक दशैँको टीका, जमरा र पारिवारिक भेटघाटपछि नियमित काममा फर्किन थालेका हुन्।

आजदेखि सरकारी कार्यालयसमेत खुल्ने भएकाले राजधानी भित्रिने यात्रुको सङ्ख्या बढेको छ । नागढुङ्गा–थानकोट, साँगा, बालाजु, बल्खु र टोखा–छहरे नाकामा सवारीसाधन तथा यात्रुको चाप बढेको छ।