एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि पुगेका छन् । उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।

केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।