दशैंको मौका पारेर चोरी : ठूलो मात्रामा सुनचाँदीका गरगहनासहित ४ भारतीय पक्राउ

दशैंको मौकामा चोरी गर्ने चार जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारका २५ वर्षीय विकास पोदार, बिहारकै १९ वर्षीय राजु पोदार, सोही ठाउँका २३ वर्षीय राजेन्द्र कुमार र सोही ठाउँका विणा देवी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले कलंकीस्थित किसन सिंह बस्नेतको घरमा भाडामा बस्ने उर्मिला भनिने सीता थपलियाको कोठाबाट र कलंकीकै रंजित कोलोनीस्थित निरन्जन नेपालको घरबाट नगद र सुनचाँदीका गरगहना चोरी गरेृको प्रहरीले बताएको छ ।

उनीहरूले ४ कात्तिक र ६ कात्तिकमा उक्त घरबाट ठूलो मात्रामा धनमाल चोरी गरेको प्रहरीले बताएको छ । उनीहरूबाट प्रहरीले चोरी भएका ठूलो मात्रामा सुनचाँदीका गरगहनाहरू बरामद गरेको छ ।