कुरिन्टारमा तीन वटा सवारी साधन ठोक्किएका छन्। चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित पृथ्वी राजमार्ग सडकमा ट्रक, बस र माइक्रो आपसमा ठोक्किएका हुन्।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मंगलबार बिहान ८:४५ बजे सर्लाहीबाट काठमाडौ आउंदै गरेको बाग्मती प्रदेश ०३- ००१ ख २७७७ नम्बरको बस , काठमाडौ बाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश १ -०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवल बाट काठमाडौ आउंदै गरेको बाग्मती प्रदेश ०३-००१ ज १२५९ नमबरको माइक्रो बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।दुर्घटनामा ११ जना घाइते भएका छन्।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली र नेपाल प्रहरी खटिएका छन्।


















