सोलुखुम्बुको होटल गुडलकमा आगलागी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार ग्यास पल्टिएर आगलागी भएको हो।

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।