विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीमा २३ वर्ष बिताएपछि बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो निर्णय सार्वजनिक गरेको बताइएको छ ।
इन्स्टाग्राममा भावुक सन्देशसहित भिडियो पोस्ट गर्दै उनले पोर्चुगलको प्रतिष्ठित सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको उल्लेख गरेका छन्।पोर्चुगलका लागि २४३ खेल खेलेका रोनाल्डोले १४६ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरो कप जितेको थियो।
यस्तै, टोलीले दुईपटक यूईएफए नेसन्स लिगको उपाधिसमेत हात पारेको थियो।सन् २००३ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय करियरमा अनेकौँ कीर्तिमान बनाएका छन्।


















