बसमा युवतीमाथि दुर्व्यवहारगर्ने तीन युवा पक्राउ

कञ्चनपुरमा यात्रुबसभित्र युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् । गत मंगलबार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली बहुउद्देश्यीय यातायातको बसमा युवतीमाथि दुर्व्यवहार भएको थियो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का अनिलनाथ योगी, समीर विष्ट र वडा नम्बर १० तिलकेनीका जीवन बम रहेका छन्। पीडित युवतीले दिएको निवेदनका आधारमा तीनै जनालाई नियन्त्रणमा लिइएको हो।बसभित्र युवतीमाथि दुर्व्यवहार भएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।