सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ। शुक्रबार बसेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई बोलाएर छलफल गरिएको हो।
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध कुल १३ वटा उजुरी परेका छन्। समितिले उजुरीकर्तासँगको छलफलपछि सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।


















