नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने भएका छन्। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बिहीबार सम्पन्न भएको थियो। अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज शपथ ग्रहण कार्यक्रमसमेत रहेको छ।
सोही अवसरमा आज दिउँसो १ बजे एमालेको केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।


















