जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ

काठमाडौं, २१ कात्तिक
काभ्रे, पनौती नगरपालिका(९ सुनथान बस्ने ४० वर्षीय सुरेश कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
सिराहा, लहान नगरपालिका(७ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय निरज गुप्ता समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६ सय ५५ रूपैयाँ, २ हजार ८ सय ८० भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका(१८ कटा टोलस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(१७ बस्ने ३१ वर्षीय उपेन्द्र प्रसाद साह समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको उनीहरूलाई नगद ७६ हजार ३ सय ९० रूपैयाँ र ८ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो ।
प्युठान, प्युठान नगरपालिका(२ जुम्रीबाट जुवातास खेलिरहेको अवस्थामा प्युठान नगरपालिका(४ बिजुवार बस्ने ५५ वर्षीय डिल बहादुर सुनार समेत १३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार १० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, वाणगंगा नगरपालिका(६ वनकसियाबाट जुवातास खेलिरहेको अवस्थमा सोही नगरपालिका(५ बस्ने ३३ वर्षीय जिवन विश्‍वकर्मा समेत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख २० हजार १ सय ९० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(४ जिरो ड्यामबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(५ बस्ने ४३ वर्षीय कुल बहादुर सुनार समेत १७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ६ सय ७० रूपैयाँ, २८ बुक तास र लंगुर बुर्जा ६ थान सहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पटका सहित पक्राउ
लालबन्दी नगरपालिका(७ लालबन्दी बजारस्थित शान्ति इलेक्ट्रोनिक पसलका सञ्चालक सोही नगरपालिका(११ हिरापुर बस्ने ३२ वर्षीय लक्ष्मी महतोलाई करिब ३५ हजार ६ सय ६० रूपैयाँ बराबरका पटका सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।