दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेश आउँदै

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि अब आदेश आउने चरणमा पुगेको छ।

सरकारको निर्णय बदर गरी आफूलाई आईजीपीमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।