पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्नेबारे राजनीतिक दलहरूबीच थप छलफल गरेर निर्णयमा पुगिने बताएका छन्।
निर्वाचन आयोगसँगको छलफलपछि उनले दुई निर्वाचनबीच केही महिनाको अन्तरले संवैधानिक जटिलता नआउने गरी दुवै तहलाई पाँच वर्षको पूर्ण कार्यकाल दिनुपर्ने बताए। यस विषयमा अर्को बैठकबाट टुंगो लगाउने सहमति भएको उनको भनाइ छ। त्यस्तै, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोग र राजनीतिक दलबीच आवश्यक प्राविधिक तथा अन्य तयारीबारे छलफल भएको उनले बताए।


















