नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन्। शुक्रबार निर्वाचन आयोगमा स्थानीय तह र प्रदेशसभा निर्वाचनबारे भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको सम्पूर्ण जिम्मेवारी आयोगलाई मात्रै दिन नहुने बताए।
उनले निर्वाचनका बेला सरकारले प्रतिपक्षसहित सबै राजनीतिक दललाई समान व्यवहार गर्नुपर्ने उल्लेख गर्दै निर्वाचनको वातावरण बनाउन समयमै सरकारलाई जिम्मेवार बनाउन आयोगको ध्यानाकर्षण गराएको बताए।निर्वाचनको मिति र प्रक्रियाबारे पनि सरकारले राजनीतिक दलहरूसँग छलफल गरेर निर्णय गर्नुपर्ने उनको भनाइ छ।


















