प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा निस्कने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ।
प्रधानमन्त्री शाह र दोस्रो वरीयताका अर्थमन्त्री स्वर्णिम वाग्ले दुवै भारत भ्रमणमा जाने भएपछि तेस्रो वरीयतामा रहेका श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो। शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट तथा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। शाह सोमबार साँझ स्वदेश फर्किनेछन्।


















