पुँजीवाद संकटमा, विश्वभर समाजवादी विचारप्रति आकर्षण बढ्दै छ : वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पुँजीवादी व्यवस्था संकटमा पर्दै गएको र विश्वभर कम्युनिस्ट तथा समाजवादी विचारप्रति आकर्षण बढिरहेको दाबी गरेका छन्। चितवनको भरतपुरमा आयोजित मार्क्सवादी ज्ञान केन्द्रको छैटौँ साधारण सभा तथा अन्तरक्रियामा उनले नेपालमा भने बदलिँदो समाज र वर्ग संरचनाअनुसार आफूलाई रूपान्तरण गर्न नसक्दा कम्युनिस्ट जनमत खुम्चिएको बताए।

कुनै समय दुई तिहाइसम्म पुगेको कम्युनिस्ट जनमत अहिले १५-१६ प्रतिशतमा सीमित हुनुमा पार्टीहरूको विचार, संगठन र कार्यशैली समयअनुसार अद्यावधिक हुन नसक्नु मुख्य कारण रहेको उनको भनाइ छ। पुनले वामपन्थी शक्तिबीच एकता सम्भव नभए पनि चुनाव, संसद्, सरकार र सडक संघर्षमा कार्यगत एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिए।