२६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्लाह, ४५ वर्षीय एमडी सामुएल होडा, ३० वर्षीय अब्दुल विश्वास र ३६ वर्षीय एमडी मासुम मियाँसहित पाँच बंगलादेशी नागरिक भिसा सकिएपछि नेपालमा पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई चैत १३ गते सार्वजनिक गरिएको थियो ।
भिसाको म्याद सकिएर विभिन्न मितिमा अवैध रुपमा नेपाल प्रवेश गरेको र शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । विश्वास र मियाँ चैत ९ मा पक्राउ परेका थिए भने अन्य तीन जना सोमबार पक्राउ परेका थिए । उनीहरुलाई अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान पठाइएको छ ।

















