मकवानपुर । बागमती प्रदेश सरकारलाई दिएको समर्थन हाम्रो नेपाली पार्टीले फिर्ता लिएको छ । नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै आफुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो । जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको उक्त दलका उक्त दलका एक नेताले बताए ।२०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो । अंक गणितमा सानो दल भएपनि संसदीय मूल्य र मान्यता कायम राख्न सशक्त भूमिका निर्वाह गरिरहेको सो दलले जनाएको छ । हाम्रो नेपाली पार्टीको बाग्मती प्रदेशमा सरकार बनाउन महत्वपुर्ण भुमिका रहन्छ ।


















