सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । २८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।
गएराति घरायसी वादविवादमा छोरा सुमनले बुवालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।


















