राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य सिफारिस

मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदमा शाक्य नेकपा (एमाले) विदेश विभाग सचिव अन्जान शाक्यलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रिय सभा सदस्य रहेकी विमला राई पौड्यालको कार्यकाल सकिएपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गरिने राष्ट्रिय सभा सदस्य पद रिक्त थियो ।