नेपाल र कतारबीच काठमाडौंको सोल्टी होटलमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सुरू भएको छ । द्विपीक्षीय वार्तामा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सुरू भएको हो ।
नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र कानुनमन्त्री पदम गिरी लगायत छन् ।
















