सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन(मिटरब्याज) पीडितले गुनासो गरेका छन् । शुक्रबार सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याजपीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो गरेका हुन् ।

मिटरब्याजपीडित सङ्घर्ष समितिका सङ्योजक मनोजकुमार पासवानले सरकारले पटकपटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाए । उनले उल्टै मिटरब्याजपीडितलाई स्थानीय प्रशासनले दु:ख दिने काम गरिरहेको उनको भनाइ छ । समस्या समाधानको काम प्रभावकारी ढङ्गले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ ।