ईलाममा सर्वदलीय बैठक बसेर मत गणना सुरु गर्ने

१५ वैशाख, इलाम । इलाम २ मा मतदान सकिएको छ । आज भएको उपनिर्वाचनको मतगणना आजै शनिबारबाट नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही बढी समय लागेको थियो ।
त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ ।सबै तिरबाट मतपेटिका आइपुगे पछि त्यतिनै बेला सर्वदलीय बैठक बसेर मत गणना सुरु गर्ने बताउनु भयो । यदि मतपेटिकाको ढुवानी ढिलो भएमा भोली आइतबारबाट मतगणना हुने छ ।