सन् २०१९ पछि दक्षिण कोरिया, चीन र जापानको पहिलो त्रिपक्षीय बैठक आयोजना गर्ने भएका छन् । यही मे २६ तारिखका लागि तय भएको उक्त बैठकमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल, चिनियाँ प्रधानमन्त्री ली छ्याङ र जापानी प्रधानमन्त्री फुमियो किशिदा सहभागी हुने छन् ।
सन् २००८ मा पहिलो स्ट्यान्ड-अलोन शिखर सम्मेलनपछि तीन एसियाली देशहरूले वार्षिक रुपमा निरन्तर शिखर सम्मेलनहरू आयोजना गर्ने अपेक्षा गरिएको थियो ।


















