अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने घोषणा गरेका छन् । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्ने क्रममा स्टार्टअप व्यवसायका लागि एक अर्बको स्टार्टअप कोष समेत खडा गरिने बताएका छन् ।
स्टार्टअप व्यसायलाई प्रवर्द्धन गर्न स्टार्टअप बोर्ड गठन गरिने उनले बताए । त्यसैगरी स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न एक अर्बको स्टार्टअप कोष समेत खडा गरिने उनले बताए ।


















