नेपाली बजारमा आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो मूल्य हालसम्मकै उच्च मुल्य हो । तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

















