भगवानले नारदलाई भन्नु भएको छ । नाहँ वसामि वैकुण्ठे योगिनाँ हिर्दयेन तु । मद्भक्ता यत्र गायन्ती तत्र तिष्ठामि नारद ।। यसको अर्थ हुन्छ वैकुण्ठ बा योगीका हिर्दयमा भन्दा पनि मेरा भक्तले जहाँ मलाई बोलाउँछन्, त्यहाँ म बस्छु ईश्वरको भनाइ छ । यही सन्दर्भ जोडेर आद्यगुरु शंकराचार्यले भारतमा चारधाम अर्थात् भूगोलको चारैतिर बद्रीनाथधाम, रामेश्वर, जगन्नाथधाम, द्धारका चारधामको स्थापना गर्नुभयो ।
नेपालका आदि चारधाम पशुपति, मुक्तिक्षेत्र, रुरुक्षेत्र र बाराहक्षेत्र स्वनिर्मित हो । सबैको केन्द्रभाग पशुपतिनाथ ज्योतिर्लिँग स्वयम्भू, आफैं उदय भएको हो । काठमाडौँ उपत्यकाका चार नारायाण चाँगु, विशँखु, शेष र इचँगु नारायाण र केन्द्र भाग बूढानीलकण्ठ हुनुहुन्छ । चार गणेशमा सूर्य विनायक, कार्य विनायक, अशोक विनायक र चन्द्रविनायकको चर्चा सर्वविदित छ । शक्ति पीठमा दक्षिणकाली र उत्तरमा बज्रयोगिनी संरक्षित क्षेत्र हो काठमाडौँ, केन्द्रमा गुह्येश्वरी । यहाँ हरेक स्थानमा देव मन्दिरहरु छन् ।
कागेश्वरी मनोहराको गोठाटारमा राधाकृष्ण मन्दिर नवतनधाम, थोरै पूर्व आशापुरेश्वरधाम र गोकर्णेस्वरक्षेत्रमा अर्घौतेश्वर र सर्वेश्वरधाम त्यस्तै चामुण्डादेवीका विशाल मन्दिरहरु छन् । पछिल्लो समय धर्मगुरु श्रीअच्युतप्रसाद पौडेल चिन्तनले एक नयाँ अवधारणा ल्याउनु भएको छ । देशदेशावर सबै मठ मन्दिरमा धार्मिक सत्संग, प्रवचनका माध्यमबाट देशभिबको अध्यात्म र धर्मको जागरण अभियानमा अनवरत खटेर लाग्नु भएका उहाले सर्वेश्वर अर्घौतेश्वर, रामेश्वर, आशापुरेश्वर सम्बद्ध संरक्षण समितिका प्रतिनिधिहरुलाई एकैथलो रामेश्वरधाममा भेला गराई धामको आह्वानमा एक वृहत् सत्संग समारोह सम्पन्न गरिएको छ । १०१ जना भक्तहरुको सान्निध्यमा एक समन्वय समिति तयार भएको छ । हरेक मठ मन्दिरहरुमा आवश्यकतानुसार आलोपालो गरी सत्संग समारोह गर्ने र सबैको समन्वय गराउने समितिको लक्ष्य रहेको छ । घुम्ती सत्संग संयन्त्र नाम दिइएको सो समूहले आवश्यकता अनुसार सदस्य सम्बद्ध भक्तजनको घर, टोल छिमेकमा पनि सत्संग गरिने धार्मिक प्रवक्ता श्रीचिन्तनको अवधारण हो र कार्यक्रमले देशमा भइरहेको असामाजिक गतिविधिमा कमी आउने, नैतिक र इमान्दारिताको शिक्षा सिकाइने र नव पुस्तालाई पनि अध्यात्मप्रतिको जागरण गराउने समितिको लक्ष्य रहनेछ ।
विश्व हिन्दु महासंघ राष्टिृय समिति कर्मकाण्ड विभाग आवद्ध धर्मगुरु पौडेलले रामेश्वरधाममा एक समारोहमा सम्बोधन गर्दै घुम्ती सत्संग टोली निर्माण गर्ने र आफूले समन्यय, संरक्षकत्व, प्रमुख सल्लाहकारको को भूमिका निर्वाह गर्ने, कार्य समिति एवं पदाधिकारी चयन, उपस्थित भक्तहरुबाटै हुने भनिरहँदा वृहत् भक्तहरुको उपस्थितिले अर्घौतेश्वर मन्दिरका झँकनाथ पुडासैनी, रामेश्वरधामका नवराज पुडासैनी आनन्द स्वामी, डा. मणिराज डाँगी योगी शान्तिदूत, गोविन्द घिमिरे वेदमणि सल्लाहकार रहनेगरी अर्घौतेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष केशवप्रसाद पुडासैनीको अध्यक्षतामा आशापुरेश्वर मन्दिरका सचिव निशा दाहाल लगायत भजन कीर्तन टोली, जय वाग्मती टि भि का दिनेश कट्टेल, श्रीकृष्ण सिम्खडा, जानुका भट्राई, उमेश साापकोटा लगायत भक्तहरको एक कायसमिति रहने गरी निर्णय भएको छ ।
समितिले पुनः वृहत् भेला गराई स्थानीय पालिकाहरुका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु, राजनैतिक दलका प्रतिनिधिहरु, स्थानीय सामाजिक संघ, संस्थाहरुबाट राय परामर्श लिइने छ । नजिकै असहाय गौ संरक्षणक्षेत्र रहेको छ, जहाँ बाटामा छोडिएका गाईहरुलाई उद्धार गर्दै यहाँ ल्याएर सेवा गरिएको छ । पवित्र वाग्मती नदीलाई सफा बनाउने कार्यमा वर्षौँ अघिदेखि प्रयत्न भइरहेको छ । नजिकै रहेकी ऐतिहासिक चामुण्डा देवी, भैरव, श्रीगणेशको रथयात्राको काम भइरहेको छ । बुद्ध स्तुपले संसार चिनाएको क्षेत्र यहीँ छ । जोरपाटी देखि दक्षिणढोका र मनोहरा पेप्सीकोलासम्म अनि पश्चिम आदिशक्ति गुह्येश्वरीदेखि पशुपतिनाथ उत्तरमा चन्द्रविनायकदेखि गोकर्णसम्म धेरै मठ, मन्दिरहरु रहेका छन् ।
मानव जीवनका लागि ॐ ऐँ हिृँ क्लीँ चामुण्डायै विच्चे यो वीज मन्त्र हो । चामुण्डा देवीको विशाल मन्दिर छ यहाँ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीमा रथयात्रा गर्ने गरिन्छ । वाग्मती तटमा हत्यामोचनघाट रहेको छ । अर्धौतेश्वर मन्दिर पूर्व नदी किनारामै हनुमान मन्दिर रहेको छ । संकटमोचन हनुमानको आराधना गर्नेहरुलाई जीवनमा संकट नआउने शास्त्रीय मान्यता छ । वाग्मतीको सेवा गर्नेहरु आपैmँमा पवित्र हुने मान्यता छ । पवित्र वाग्द्दार शिवपुरीक्षेत्रबाट नदीको उद्गम हुन्छ । गोकर्णेश्वर मन्दिर स्वयं सर्जक ब्रह्माले बनाएको भनाइ छ । यहीँबाट बगेकी वागमती आर्यघाट उत्तरकाशी हुँदै टेकुसम्म पुग्छिन् सुन्दरीजलदेखि टेकुसम्म सय्यौँ तीर्थहरु छन् । सम्पूर्ण तीर्थको ढोका खुल्ने भनेको उत्तरगया हो, यो गोकर्णेश्वर मन्दिरबाट थोरै पूर्वी भागमा रहेको छ ।
वाग्मतीमा जलचर नपाइनु र ढलमात्र बग्नु नेतृत्वका लागि भने चुनौतीको विषय हो । यहीक्षेत्रबाट मेलम्ची लगायत सुन्दरीजलको पानी पाउँछ काठमाडौँ उपत्यकाले, तर जोरपाटी, नारायणटार नयाँबस्तीक्षेत्रमा पिउने पानीको ठूलो समस्या छ । मेलम्चीको पाइप त जोडिएकै छैन । चाँगुनारायणबाट सिधै अवलोकन गर्न सकिने यीक्षेत्रहरु पर्यटनका लागि प्रसिद्ध छन् । गोकर्णेश्वरक्षेत्र सर्जक, साहित्यका लागि उद्गम स्थल नै हो । भनिन्छ वाग्मती परिसरमा बस्नेहरु स्वतः कवि, स्रष्टा भइहाल्छन् । चर्चित पुराना साहित्यकारहरुको क्षेत्र हो यो, नयाँ स्रष्टाहरु पनि धेरै छन् । धेरै शैक्षिक संस्थाहरुले यहाँ शिक्षाको ज्योति वितरण गरिरहेका छन् । हरेक दृष्टिले उर्बर यो क्षेत्रलाई आध्यामिक, धार्मिकहव् बनाउने पंक्तिकारको अभिप्राय रहेको छ । स्थानीय र सबैले तन, मन, वचनलले सहयोग गरौँ ।


















