तीनकुनेको किराना स्टोरमा आगलागी

तीनकुने स्थित खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीकको अनुसार अहिले तीन वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । थप दमकल पनि परिचानल गर्ने तयारी गरिएको छ । आगलागीको कारण खुलिसकेको छैन ।