करेन्ट लागेर स्काइभेटर चालकको मृत्यु, सहचालक घाइते

जाजरकोटको भेरी नगरपालिका-७ दोकाना जोगीचौर भन्ने स्थानमा स्काइभेटरले बाटो बिस्तार गर्ने क्रममा छेउमा रहेको विद्युतको पोलको तारबाट करेन्ट लागेर स्काइभेटर चालक कैलाली चुरे गाउँपालिका-१ बस्ने २६ वर्षीय राजेन्द्र राना मगरको मंगलबार साँझ मृत्यु भएको छ । स्काइभेटर छेउमा रहेको विद्युतको पोलमा लाग्दा स्काइभेटरको बकेटमाथि चढि तार छुट्याउने क्रममा करेन्ट लागेर राजेन्द्रको घटनास्थलमै मृत्यु भएको हो ।

साथै, करेन्ट लागेर घाइते भएका सहचालकलाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्जतर्फ पठाइको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।