अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियारको कार्यालय, बुटवलबाट खटिएको टोलीले आज शुक्रबार पक्राउ गरेको हो ।
अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ । अख्तियारका अनुसार उनीविरुद्ध थप अनुसन्धान भइराखेको छ ।


















