कृषि विकास सहकारीका अध्यक्ष थापा पक्राउ

ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष पक्राउ परेका छन् । अध्यक्ष तेजविक्रम थापासहितको समूहले सहकारीको करोडौं रकम अपचलन गरेको उजुरीपछि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सहकारीको निक्षेप दुई अर्ब ८० करोड रहेको खुलेको छ । त्यसमध्ये ९५ करोड रुपैयाँ अपचलन गरेको उजुरी परेपछि थापासहित सञ्चालक समितिका चारजना पक्राउ परेका हुन् । हालसम्म पाँच सय ६६ जनाले प्रहरीमा उजुरी दिएका छन् । यसबारे प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको जनाइएको छ ।