जिल्ला युवा समिति ललितपुरको आत्मारक्षा तालिम सम्पन्न

बागमती प्रदेश ललितपुरले युवा महिला आत्मारक्षा तालिम समापन गरि बिहिवार प्रमाणपत्र वितरण गरेको छ ।  बागमती प्रदेशका पूर्व मुख्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा ललितपुरको कुमारीपाटीस्थित क्याप्सन क्याम्पसमा उक्त प्रमाणपत्र वितरण कार्यक्रम आयोजना भएको हो ।

जिल्ला युवा समिति ललितपुरका अध्यक्ष जितेन्द्र महर्जनको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा काठमाडौं जिल्ला युवा समिति अध्यक्ष इन्जिनियर रुपा थापामगर, क्याम्पसका निर्देशक मनिस पन्डित, प्रेम पुनको उपस्थिति रहेको थियो । युवा सिजर्नशील, युवा उद्यमी बन्नु पर्छ भन्ने नाराका साथ बागमती प्रदेशले सिप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले २१ वटा तालिमको आयोजना गरेको हो । जसमध्ये किशोरी आत्मरक्षाका लागि शुरु भएको दुइदिने तालिम अन्य जिल्ला सँगै ललितपुरले समापन गरे लगत्तै ३० जनालाई प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री पाण्डेले आफू बागमती प्रदेशको मुख्यमन्त्री रहदा युवाहरुले आफनै देशमा केही गर्न सकुन भन्ने उद्देश्यले स्वरोजगार युवा उद्यमी बन्न सिपको आवश्यक पर्ने भएकोले यस प्रदेशको सबै जिल्लामा हुन आवश्यक रहेको भन्दै आफूले यसमा १५ करोड बजेट उपलब्ध गराइदिएको जानकारी दिए । साथै, सो अवसरमा उनले सोही ठाँउमा सुरु भैरहेको कुक तालिमको अवलोकन गरि तालिम प्राप्तले तयार पारेको खानेकुराको स्वाद लिएका थिए ।

त्यस्तै, कार्यक्रमका अध्यक्ष महर्जनले यस किसिमको तालिमले किशोरी महिलालगायत सम्पूर्ण युवाहरुको स्वदेशमा बसेर केही गर्ने जागर बढने बताए । कराते खेल प्रशिक्षकको सहयोगमा भएको उक्त तालिममा महिला तथा किशोरीहरुले आफूलाई अन्याय पर्दा सहनु नहुने र तत्काल आफू सुरक्षित रहने विभिन्न आत्मरक्षाका तालिम भएका थिए ।