नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















