नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कपिलवस्तुको नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली)विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गुप्ताले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा उनलाई सोही अनुसार बिगो रकम जरिवाना सजाय समेत हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको गरिएको हो ।