नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो।
साथै उनले पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ भने वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ।


















