भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिराहा सिरा नगरपालिका-१६ का ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका-१३ का ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौं तारकेश्वर नगरपालिका-२ की २४ वर्षीया आसिका केसी रहेका छन् ।
कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छलि गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

















